१५ मंसिर, काठमाडौं । भोलि हुने पालिका उपचुनावको तयारी अन्तिम चरणमा पुगेको छ ।
आज मतदान केन्द्रहरुमा बुथ बनाउने लगायतका काम हुने निर्वाचन आयोगले जनाएको छ ।उपचुनाव हुने पालिकाका जिल्ला निर्वाचन कार्यालयहरूले सम्बन्धित पालिकामा खटिएका कर्मचारीहरूलाई ५८ प्रकारका निर्वाचन सामग्री हस्तान्तरण गरिसकेका छन् ।
रिक्त रहेका ४४ पदमध्ये तीन पदमा एकल उम्मेदवारी परेकाले ४१ पदका लागि मात्रै भोलि मतदान हुनेछ ।मतदानका लागि १ सय ६२ मतदान स्थल र २ सय ९३ मतदान केन्द्र कायम गरिएका छन् ।











