सीपी खेतानको ३३ प्रतिशत सेयर कार्ल्सबर्ग ग्रुपले १ खर्बमा किन्यो

खबर बुक
  • ख-
  • ख
  • ख+

१५ मङ्सिरः, काठमाडौँ  ।कार्ल्सबर्ग ग्रुपले साउथ एसिया पीटीई लिमिटेडमा रहेको सीएसएपीएल (सिंगापुर) होल्डिङ पीटीई लिमिटेडको बाँकी ३३.३३ प्रतिशत सेयर खरिद किनेको छ।

सीएसएपीएल (सिंगापुर) मा रहेको उक्त सेयर नेपाली व्यवसायी सीपी खेतानको स्वामित्वमा थियो। उनले १ खर्ब रुपैयाँ बराबरमा उक्त सेयर कार्ल्सबर्र्ग ग्रुपलाई बेचेका हुन्।

खेतान ग्रुपका सीपीले मदिरा उत्पादक कम्पनी कार्ल्सबर्गलाई गोरखा ब्रुअरी प्रालिको पूरै सेयर स्वामित्व बेच्न गत वर्ष उक्त रकम प्रस्ताव गरेका थिए।सोही प्रस्ताव मान्दै कार्ल्सबर्र्गले सीपीको नाममा रहेको सेयर खरिद गरेको हो । करिब ७४ करोड ४० लाख अमेरिकी डलरमा उक्त सेयर बेच्ने प्रस्ताव भएको थियो।

नेपालको गोरखा ब्रुअरीमा खेतान ग्रुपका अध्यक्ष रहेका राजेन्द्र खेतानको ०.०६ प्रतिशत सेयर छ।०.६ प्रतिशत भित्र खेतान सहित दिव्यमणि राजभण्डारी र कमल विक्रम सिंहको समेत स्वामित्व रहेको छ। त्यसबाहेक ९९.९४ प्रतिशत सेयर सीएसएपीएल (सिंगापुर) सँग छ। सीएसएपीएलमा गैरआवासीय नेपाली सीपी खेतान स्वामित्वको एसएपीएल होल्डिङ्स पीटीई लिमिटेड (सीएसएपीएलएच) को ३३.३३ प्रतिशत सेयर थियो।

अब गोरखा ब्रुअरीमा सीएसएपीएलएच मार्फत अन्तरनिहीत रहेको खेतान समूहको ३३.३३ प्रतिशत र कार्ल्सबर्ग इन्डियामा रहेको ३३.३३ प्रतिशत सेयर दुवै कार्ल्सबर्र्ग डेनमार्क अन्तर्गतको सीएसएपीएलको भएको छ।

त्यस अनुसार गोरखा ब्रुअरीमा ९९.९४ प्रतिशत र कार्ल्सबर्र्ग इन्डियामा शतप्रतिशत सेयर कार्ल्सबर्र्ग ग्रुपकै स्वामित्वमा गएको छ। यसले यी दुवै कम्पनीका व्यवस्थापन र निर्णायक तहमा कार्ल्सबर्ग नै रहने छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्