एनपीएल खेल्न आइपुगे शिखर धवन

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । भारतीय क्रिकेटर शिखर धवन काठमाडौं आइपुगेका छन्। शनिबारदेखि सुरू हुने नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न उनी शुक्रबार साँझ काठमाडौं आइपुगेका हुन्। उनी कर्णाली याक्समा आबद्ध छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा धनवलाई कर्णाली याक्सका मालिक झनक दत्त खनाललगातले स्वागत गरेका थिए। धवनले सञ्चारकर्मीसँग सबालजवाफ पनि गरे। उनले विदेशी खेलाडीको आगमनले नेपाली खेलाडीलाई फाइदा पुग्ने बताए।

एनपीएल खेल्न विदेशी खेलाडीहरू आएका छन्। उनीहरूले आफ्नो एक्सपेरियन्स यहाँ सेयर गर्नेछन्। यसले नेपाली खेलाडीलाई पनि फाइदा पुग्छ। हाम्रो एक्सपेरियन्सले यहाँको क्रिकेट र स्थानीय खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा खेल्न सहयोग पुग्नेछ उनले भने।

उनले नेपाल र भारतबीच ऐतिहासिक सम्बन्ध रहँदै आए पनि आफू पहिलोपटक नेपाल आएको बताए। नेपालमा रहँदा पशुपतिनाथ मन्दिरको दर्शन गर्ने बताए। भ्याएसम्म हिमालको मज्जा पनि लिने उनको भनाइ छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्