एसिसी यु–१९ एसिया कपका खेल्न युएई जाने नेपाली टोलीलाई विदाइ

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, मंसिर ११ । एसिसी यु–१९ एसिया कपका खेल्न युएई जाने नेपाली टोलीलाई विदाई गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाली टोलीलाई विदाई गरेको हो । एसिसी यु–१९ एसिया क शुक्रबारदेखि सुरु हुने छ । क्यानले हेमन्त धामीको कप्तानीमा अन्तिम टोली घोषणा गरिसकेको छ । एसिया कप मंसिर १४ देखि २३ गतेसम्म युएईमा हुँदैछ ।

नेपाल रहेको समूह ‘बी’ मा अफगानिस्तान, बंगलादेश र श्रीलंका छन् । नेपालले मंसिर १४ गते श्रीलंकासँगै खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ भने मंसिर १६ मा बंगलादेश र १८ गते अफगानिस्तानसंग खेल्नेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्