चार महिनामा व्यापार घाटा साढे चार खर्ब नाघ्यो, निर्यात ४.१६ प्रतिशतले बढ्यो

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौँ, ७ मंसिर ।  भन्सार विभागले चालू आर्थिक वर्षको ४ महिनामा नेपालको व्यापार घाटा ४ खर्ब ६० अर्ब ७१ करोड ७३ लाख रुपैयाँ बराबर पुगेको विवरण सार्वजनिक गरेको छ।

विभागले आज सार्वजनिक गरेको कात्तिक मसान्तसम्मको तथ्यांकअनुसार गत वर्षको यसै अवधिको तुलनामा व्यापार घाटा ०.२६ प्रतिशतले घटेको हो। गत वर्ष सोही अवधिमा ४ खर्ब ६१ अर्ब ९३ करोड ८० लाख रुपैयाँ बराबरको व्यापार घाटा थियो।

४ महिने अवधिमा नेपालको वैदेशिक व्यापार ५ खर्ब ६६ अर्ब ५ करोड ८७ लाख रुपैयाँ बराबरको  भएको छ। गत वर्षको सोही अवधिमा ५ खर्ब ६३ अर्ब ६ करोड ८८  लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो । वैदेशिक व्यापार ०.५३ प्रतिशतले बढेको हो। 

नेपालले चालू आर्थिक वर्षको ४ महिनामा ५ खर्ब १३ अर्ब ३८ करोड ८० लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा ५ खर्ब १२ अर्ब ५० करोड ३४ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो।

गत आवको चौथो महिनाको तुलनामा चालू आवको चौथो महिनासम्म आयात ०.१७ प्रतिशतले बढेको विभागकाे तथ्यांकमा उल्लेख छ।

यस्तै, याे अविधमा निर्यात ४.१६ प्रतिशतले बढेको छ। विभागका चार महिने अविधमा नेपालबाट ५२ अर्ब ६७ करोड ७ लाख बराबरको वस्तु निर्यात भएको छ। यस्ताे निर्यात गत वर्ष साेही अविधमा ५० अर्ब ५६ करोड ५३ लाख रुपैयाँ बराबर भएको थियो। 

असोजसम्म ६ प्रतिशतले कमी देखिएको निर्यातमा कात्तिसम्म आइपुग्दा ४ प्रतिशतको वृद्धिदर देखिएको छ।

capitalnepal.com

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्