२० वर्षमुनिको महिला साफ च्याम्पियनशिप बङ्गलादेशमा हुने

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं , ७ मंसिर । दक्षिण एशियाली फुटबल महासङ्घ साफले २० वर्षमुनिको महिला च्याम्पियनशिप बङ्गलादेशमा आयोजना गर्ने भएको छ ।

साफ कमिटिले गरेको छलफलपछि २० वर्षमुनिको महिला साफ च्याम्पियनशिप बङ्गलादेशमा गर्ने तय भएको हो ।

प्रतियोगिता सन् २०२५ फेब्रुअरी ११ गतेदेखि २५ तारिखसम्म हुनेछ । यस्तै बैठकले १९ वर्षमुनिको पुरुष साफ च्याम्पियनशिप भने भारतमा गर्ने निर्णय गरेको छ ।

यो प्रतियोगिता सन् २०२५ को नोभेम्बर ५ देखि १५ तारिखसम्म हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्