थप १० जनामा कोरोना संक्रमण पुष्टि, २६ संक्रमित कोरोनामुक्त

खबर बुक
  • ख-
  • ख+

नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ७ सय ३१ पिसिआर परिक्षणका क्रममा ९ जना र ६ सय ८ एन्टीजेन परिक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण शुक्रबार पनि कसैको मृत्यु भएको छैन ।

त्यस्तै थप २६ संक्रमित कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ । हाल नेपालमा ५ सय ४६ सक्रिय संक्रमित आइशोलेशनमा रहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्