इङ्गल्यान्डका आर्चर आईपीएलको अक्सनमा सहभागी हुने

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं , ७ मंसिर ।  पहिला सर्ट लिस्ट गरिएका खेलाडीको सूचीमा समावेश नभएका इङ्गल्यान्डका जोफ्रा आर्चर इन्डियन प्रिमियर लिग (आईपीएल) को अक्सनमा सहभागी हुने भएका छन् ।

गएको हप्ता  सार्वजनिक भएको पाँच सय ७४ जनाको सूचीमा नअटाएका आर्चरको नाम अहिले भने सूचीमा छ । आईपीएलको मेघा अक्सन आउँदो आइतवार र सोमवार साउदी अरेबियाको जेदाहमा हुनेछ ।

सन् २०२० देखि उनी चोटका कारण चार वर्ष निष्क्रिय रहेका उनी गएको मेदेखि टेस्ट खेलमा सहभागी भएका हुन् । चोट अगाडि आर्चर प्रिमियर पेस बलरको रुपमा संसारमा परिचित हुन सफल थिए । आईपीएलको अक्सनमा इङ्गल्यान्डका ३८ खेलाडी सहभागी भएका छन् । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्