सुनको मूल्य बढ्दा चाँदी घट्यो

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं , ५ मंसिर ।नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको हो ।

मंगलबार तोलामा १ लाख ६२ हजार १ सय रूपैयाँमा कारोबार भएको सुन आज १ लाख ६३ हजारमा कारोवार भैइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने ५ रूपैयाँले घटेको छ । मंगलबार १ हजार ९ सय ५५ रुपैयाँमा कारोवार भएको चाँदी बुधबार ५ रूपैयाँले घटेर  १ हजार ९ सय ५० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्