काठमाडौं, मंसिर १ । घर बनाउँदै गर्दा विद्युत जडान पनि मुख्य प्राथमिकतामा पर्छ। कुनै पनि व्यक्तिले घर बनाउँदा सबैभन्दा बढी ध्यान विद्युत् जडानका लागि खरिद गर्ने तारमै दिन्छ। त्यसको प्रमुख कारण कमसल तथा न्यून गुणस्तरको तार प्रयोगले सर्ट–सर्किट भएर धेरै घरमा आगलागी भएका घटना पनि सुनिँदै आएको छ।
सर्ट–सर्किट भएर आगलागी भएको घटना पछिल्लो समय धेरै बढ्न थालेपछि २५ वर्षदेखि बिजुलीको तार तथा अन्य विद्युतीय (इलेक्ट्रिक) सामान उत्पादन तथा बिक्री गर्दै आएको प्रिमियर वायर कम्पनीले आगोले पनि जलाउन नसक्ने ‘जेडएचएफआर केबल’ सार्वजनिक गरेको छ।
सर्ट–सर्किट भएर आगलागी हुँदा सम्पत्ति क्षतिमात्रै नभएर मानवीय क्षतिसमेत भएका घटना धेरै छन्। यस्ता समस्याबाट बच्न जेडएचएफआर केबल उत्पादन गरेको प्रिमियर वायर कम्पनीको निर्देशक सौरव शारडाले बताए।
‘जेडएचएफआर केबल प्रयोग गर्दा कुनै पनि हालतमा आगो लाग्दैन। त्यसबाहेक विद्युत् प्राधिकरणलाई लाग्ने एबीसी केबल त्यो सबै उत्पादन हामीले गरेका छौं,’ निर्देशक शारडाले भने, ‘प्रिमियर वायरले बिजुलीको तार उत्पादन गर्दै आएको छ। अब एल्टी सेग्मेन्टमा कुल रेन्ज उत्पादन गर्नेछ र भविष्यमा नयाँ प्रोजेक्टको रुपमा एस्टी–एस्टी केबल आउँदै छ।’
प्रिमियर वायरले हाउस वायर, एफआरएलएस केबल, पिसी केबल, पावर केबल, पिआइ केबल, मल्ट्रिस्ट्यान्डर्ड केबल, एसीएसआर कन्डक्टर, एबी कन्डक्टर, टेलिकम केबल, कन्ट्रोल केबल, अटो केबल, कोएक्सियल केबल, एबीसी केबल, नेल, रिभेटस् र एमएस नटबोल्ट उत्पादन गर्दै आएको छ।
प्रिमियर वायर २५ वर्षदेखि इलेक्ट्रिक सामान उत्पादन तथा बिक्री गर्दै आएको कम्पनी हो। शारडा ग्रुपअन्तर्गतको प्रिमियर वायरले एल्टिसेग्मेन्टमा कुल रेन्ज उत्पादन गर्ने निर्देशक सौरव शारडा बताउँछन्। ‘प्रिमियर वायरले बिजुलीको तार उत्पादन गर्दै आएको छ।
एल्टिसेग्मेन्टमा कुल रेन्ज उत्पादन गर्नेछ। जेडएचएफआर केबल प्रयोग गर्दा कुनै पनि हालतमा आगो लाग्दैन। त्यसबाहेक विद्युत् प्राधिकरणलाई लाग्ने एबीसी केबल सबै उत्पादन हामीले गरेका छौं,’ निर्देशक शारडाले क्यापिटल नेपालसँग भने, ‘भविष्यमा नयाँ प्रोजेक्टको रुपमा एस्टी–एस्टी केवल आउँदै छ।’
नेपालमा अहिलेसम्म कुनै पनि कम्पनीले एस्टी केबल कुनै पनि कम्पनीले उत्पादन गरेका छैनन्। प्रिमियर वायरले नयाँ प्रडक्टका रुपमा उत्पादन गर्ने योजना बनाएको शारडाले जानकारी दिए।
नेपालमा तार तथा केबल अहिलेसम्म विदेशबाटै आयात भइरहेकाले अब छिट्टै विदेशबाट कुनै पनि किसिमको तार तथा केबल आयात गर्न नपर्ने गरी उत्पादन गर्ने योजना प्रिमियर वायरले बनाएको निर्देशक शारडाले बताए। फिन इलेक्ट्रो २०२४ को मेलामा जति पनि सामान राखिएका छन्, सबै नेपालमै उत्पादित रहेको निर्देशक शारडाको भनाइ छ।
‘अहिले मेलामा कन्डक्टर प्रदर्शनी गरिएको छ, यो मुस्ट कन्डक्टर हो। विगत एक वर्ष अगाडिसम्म नेपालको जुनसुकै हाइड्रो अथवा प्राधिकरणका लागि आवश्यक तार, केबललगायतका सामग्री विदेशबाट आयात हुने गर्दथ्यो,’ निर्देशक शारडा भन्छन्, ‘तर, एक वर्षदेखि हामीले आफैंले आवश्यक सामान नेपालमा उत्पादन गरेका छौं। अब कुनै पनि प्राधिकरणको ट्रासमिसनको प्रोजेक्टमा विदेशबाट कुनै पनि सामान आयात गर्नुपर्दैन। ट्रासमिसन लाइनको लागि चाहिने जुनसुकै साइजको सामान उत्पादन आफ्नै उद्योगबाट गरिएको छ।’
प्रिमियर वायरले बाढीपहिरोबाट बच्न गेबन बक्स, हाउस वायर, कन्ट्रोल केवल, पावर केबल, एसएस केन्डक्टरलगायतका सबै प्रिमियर वायरमा उत्पादन भएको नेपाली उत्पादनका सामान प्रदर्शनीमा राखेको छ। मेलामा कन्सलटेन्ट, आर्किटेक, इन्जिनियरहरु, इलेक्ट्रिक इन्जिनियर र जति पनि नेपालभरिका इलेक्ट्रिक एसोसिएसनमा संलग्न मानिस आउने भएकाले उनीहरु सबैलाई आफ्नो प्रोडक्टको जानकारी गराउन मेलामा परीक्षणका लागि सामान राखिएको कम्पनीले जनाएको छ।
सन् २००० मा स्थापना भएको प्रिमियर वायरले देशको सबैभन्दा ठूलो तार अनि केबल उत्पादन गरिरहेको छ। उक्त उद्योगले जीआई उत्पादनबाट सुरु गरेको हो। प्रिमियर वायर प्रालि (प्रिमियर) तार र केबलमा सबैभन्दा उत्कृष्टमध्येमा पर्छ। प्रिमियरले ग्याबियन बक्स, कन्डक्टर, केबल र अन्य स्टिल तार, तामाका तार उत्पादन र बिक्री गर्दछ।