काठमाडौँ । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को प्रत्यक्ष प्रसारण भारतीय च्यानल स्टार स्पोर्ट्सबाट हुने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एनपिएल स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने जानकारी दिएको हो । पत्रकार सम्मेलनमा सचिव पारस खड्काले प्रिमियर लिगको प्रत्यक्ष प्रसारणका लागि क्यानले स्टार स्पोर्टसलाई जिम्मेवारी दिएको बताउनुभयो । उहाले नेपालको घरेलु लिगलाई अन्तराष्ट्रिय प्लेटफर्ममा लैजाने मौका मिलेको बतायनुभयो ।
उहाले पहिलो संस्करणको एनपिएललाई क्यानले ब्राण्डको रुपमा स्थापीत गर्न खाजेको उल्लेख गर्नुभयो । पहिलो एनपिएल खेल्न विदेशी फ्रेन्चाइजहरुले खेल्न इच्छा देखाएपनि सम्भव नभएको भन्दै उहाले अर्को संस्करणमा अन्तराष्ट्रिय फ्रेन्चाइज खेलको रुपमा बिकसित हुन सक्ने बताउनुभयो ।
लिग खेल्न आउने विदेशी खेलाडीहरुको श्रम स्वीकृत लगाएका काममा क्यानले सहजीकरण गर्ने खड्काले जानकारी दिनुभयो । त्यस्तै उहाले उपनिर्वाचनका कारण मंसिर १६ गते खेल आयोजना गर्न सम्भव नभएकाले छिटै नयाँ खेल तालिका सार्वजनिक गर्ने बताउनुभयो ।
त्यस्तै नेपाल प्रिमियर लिग (एनपिएल) लाई सिद्धार्थ बैंकले मुख्य प्रायोजन गरेको छ । क्यानका सचिव खड्काले सिद्धार्थ बैंक ५ वर्षका लागि एनपिएलको मुख्य प्रायोजक रहने जानकारी दिनुभयो । क्यानको आयोजनामा ८ टोलीको सहभागिता रहने लिग मंसिर १५ गते पुस ६ गतेसम्म टियु क्रिकेट मैदानमा एनपिएल हुदैछ ।