१३.९५ अंकले बढ्यो नेप्से

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, कार्तिक २९ । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १३.९५ अंकले बढेर २७४९ बिन्दुमा पुगेर बन्द भएको छ।

कारोबारको अन्तिम समय एकै पटक ६ अंकले बढेर दोहोरो अंकको वृद्धि पछ्याएको नेप्सेले बढ्दा २७६२ मा पुगेको थियो भने घट्दा २७३० सम्म ओर्लिएको थियो। बुधबार बजार बन्द हुँदा परिसूचक २७३४.३८ बिन्दुमा थियो ।

बुधबार नेप्सेमा ७ अर्ब ९१ करोड रुपैयाँको सेयर कारोबार भएकोमा बिहीबार १० अर्ब ३२ करोड ३ लाख रुपैयाँको कारोबार भएको छ।

आज जलविद्युत् र विकास बैंक समूहमा सबैभन्दा धेरै एक प्रतिशत बढीको वृद्धि देखिएको छ। वित्त, लगानी, जीवन बिमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापारमूलक समूहका परिसूचक घटेका छन्।

गुराँस लघुवित्त, स्वाभिमान लघुवित्त र अप्पर हेवा हाइड्रोपावरको सेयर मूल्यमा सर्किट ब्रेक लागेको छ भने रावा इजर्नीको सेयर मूल्य सबैभन्दा धेरै ९.१२ प्रतिशतले घटेको छ। यो साता समग्रमा सेयर बजार १० प्रतिशतले बढेको छ। 

बिहीबार कारोबार भएका कुल २४४ कम्पनीमध्ये १५९ को सेयर मूल्य बढेको छ। ७९ कम्पनीको घट्दा ६ कम्पनीको मूल्य स्थिर रहेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्