काठमाडौं, कार्तिक २७ । यूएईमा जारी यू-१९ महिला टी २० विश्वकप छनोटमा नेपालले चौंथो जित हात पारेको छ । कुवेतलाई निरिह बनाउँदै नेपालले १६५ रनको जित दर्ता गरेको हो ।
नेपाललाई विशाल जित दिलाउन कप्तान पूजा महतोले बलिङ र ब्याटिङमा शानदार प्रदर्शन गरिन् ।
उनले ६९ बलमा अविजित १३० रन बनाएपछि नेपालले २१३ रनको पहाड खडा गरेको थियो । बलिङमा पनि चम्किएकी पूजाले ५ विकेट लिएपछि कुवेत ४८ रनमा नै अलआउट भयो । पूजाले ४ ओभरमा केवल ८ रन खर्चिएकी थिइन् ।











