२७ कात्तिक, काठमाडौं ।यूएईमा भइरहेको यू-१९ महिला टी-२० विश्वकप छनोटअन्तर्गत आफ्नो चौथो खेलमा नेपालले आज कुवेतसँग खेल्दैछ ।
खेल दुबईस्थित दी सेभेन्स मैदानमा नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ ।
प्रतियोगितामा चार मध्ये तीन खेल जितेको नेपालले यसअघि पहिलो खेलमा कुवेतलाई १०८ रनले हराएको थियो । नेपाल ४ खेलबाट ६ अंकसहित दोस्रो स्थानमा छ । कुवेत भने लगातार चार हार व्यहोर्दै अंकविहीन छ ।











