सुनको भाउ स्थिर हुँदा चाँदीको घट्यो

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २४ कात्तिक । सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ सामान्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बुधबारको तुलनामा बिहीबार सुनको  भाउ स्थिर रहेकाे हाे ।

यसअघिकै मूल्य अर्थात प्रतितोला ९५ हजार ४०० रुपैयाँमै छापावाल सुन र ९४ हजार ९०० रुपैयाँमा तेजावी सुनको कारोबार भइरहेको छ ।

यता, चाँदीको भाउ भने बिहीबार प्रतितोला १० रुपैयाँले घटेको महासंघले जनाएको छ । बुधबार प्रतितोला एक हजार २९५ रुपैयाँ रहेको चाँदीको भाउ बिहीबार भने घटेर एक हजार २८५ रुपैयाँमा कारोबार भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्