सुनको भाउ तोलामा ५ सय रुपैयाँले घट्यो

खबर बुक
  • ख-
  • ख
  • ख+

२५ कात्तिक, काठमाडौं । सुनको भाउ तोलामा पाँच सय रुपैयाँले घटेको छ ।

अघिल्लो कारोबार दिन अर्थात् अस्ति शुक्रवारको तुलनामा पाँच सय रुपैयाँले घटेर आज सुन तोलाको एक लाख ६६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै चाँदी पनि तोलामा २० रुपैयाँले घटेर आज एक हजार नौ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्