पुुरानै भाडा कायम नगरे विमान कम्पनीका उडान बन्द गर्छौंः क्यान महानिर्देशक अधिकारी 

खबर बुक
  • ख-
  • ख
  • ख+

 २५ कात्तिक, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीले शनिबार भएको त्रिपक्षीय पाँचबुँदे सहमतिअनुसार विमानस्थल बन्दको नाममा महँगो भाडा असुल्दै आएका विमान कम्पनीले पुरानै भाडादर कायम नगरे उडान बन्दसम्मको कारबाही गरिने चेतावनी दिएका छन्।

वायुसेवा कम्पनीले आफूखुसी हवाई भाडा बढाएर आलोचना भइरहेका बेला आज क्यानसहित स्वदेशी तथा विदेशी विमान कम्पनीका पदाधिकारीले पाँचबुँदे अक्षरशः पालना गर्ने प्रतिबद्धता जनाएकाले पुरानै भाडादर कायम गर्नुपर्ने उनले बताएका हुन्।

‘हवाई भाडा नियन्त्रणका लागि क्यान,  सरकार र स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीका प्रतिनिधिबीचको छलफलपछि पाँचबुँदे सहमति भएको छ। सहमतिअनुसार वायुसेवा कम्पनीले पुरानै भाडा लिनुपर्छ। नलिए कारबाही गर्छौं। उक्त कारबाही उडान बन्दसम्मको हुन सक्छ’, महानिर्देशक अधिकारीले छलफल सहभागी स्वदेशी तथा विदेशी विमान कम्पनीका प्रतिनिधिलाई चेतावनी दिए।

विमान कम्पनीले हवाई भाडा बढाएर नेपालीलाई मर्कामा पार्न नहुनेतर्फ सचेत गराइएको उनले बताए। 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्