हरियो तरकारीको भाउ केही घट्यो

खबर बुक
  • ख-
  • ख
  • ख+

 काठमाडौं ,कार्तिक  २३ । काठमाण्डौको मुख्य तरकारी बजार कालिमाटीमा आज धेरैजसो हरियो तरकारीको भाउ घटेको छ ।

आज सबैखाले गोलभेडाको भाउ हिजोको तुलनामा केही सस्तो भएको छ ।

आज गालेभेडा सानो लोकलको भाउ किलोमा २० रुपैयाँले घटेर किलोको ४० रुपैयाँमा झरेको छ । त्यस्तै आज सबैखाले सिमीको भाउ पनि घटेको छ । आज घिउ सिमी राजमाको भाउ किलोमा ६० रुपैयाँले घटेर किलोको ७५ रुपैयाँमा झरेको छ ।

त्यस्तै आज लौका पनि किलोमा २० रुपैयाँले घटेर किलोको ३५ रुपैयाँमा झरेको छ । तर आज तने बोडी, तिते करेला, रातो बन्दालगायतको भाउ सामान्य बढेको छ ।

आज तने बोडी र तिते करेलाको भाउ किलोमा समान ३०/३० रुपैयाँले बढेको छ । आज तने बोडीको भाउ किलोमा ३० रुपैयाँले बढेर १४५ रुपैयाँ पुगेको छ । तिते करेलाको भाउ पनि किलोमा ३० रुपैयाँले नै बढेर ९५ रुपैयाँ पुगेको छ ।

त्यस्तै आज रातो बन्दाको भाउ २० रुपैयाँले बढेको छ । आज रातो बन्दा २० रुपैयाँले बढेर किलो ७५ रुपैयाँ पुगेको छ । 
 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्