प्रधानमन्त्री कपः पहिलो सेमिफाइनलमा आज एपीएफ र मधेस प्रदेश खेल्दै

खबर बुक
  • ख-
  • ख+

कात्तिक २४, काठमाण्डौ  । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा आज पहिलो सेमिफाइनल खेल हुँदैछ ।

काठमाण्डौको कीर्तिपुर मैदानमा फाइनल पुग्न विभागीय टोली एपीएफ क्लब र मधेस प्रदेशबीच खेल हुँदैछ ।

खेल बिहान साढे ९ बजेदेखि सुरु हुनेछ । एपीएफ समूह ‘ए’ को विजेता तथा मधेस समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् ।

दोस्रो सेमिफाइनलमा भोलि पुलिस क्लब र त्रिभुवन आर्मीबीच खेल हुनेछ । प्रतियोगिताको विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ पाउने छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्