काठमाडौं, कार्तिक १७ । द हङकङ सिक्सेजमा प्रतियोगितामा नेपाल श्रीलंकासँग पराजित भएको छ ।
आज दिउँसो मोङ कोकमा भएको क्वार्टरफाइनल खेलमा नेपाल श्रीलंकासँग ४० रनले पराजित भएको हो । टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको श्रीलंकाले पूरै ६ ओभर खेलेर दुई विकेटको क्षतिमा १२३ रन बनाएको थियो ।
यसअघि नेपालले इंग्ल्यान्ड र अस्ट्रेलियालाई हराएको थियो ।











