सावित्रा भण्डारी फ्रान्सतर्फ प्रस्थान

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाण्डौ । राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी व्यवसायिक फुटबल खेल्न फ्रान्स गएकी छिन् । हिजो राति भएको महिला साफ च्याम्पियनसीपको फाइनलमा बङ्गलादेशसँग नेपाल २–१ गोलले पराजित भएको थियो ।

खेल सकिएको १२ घण्टा पनि नबित्दै आज बिहानै सावित्रा टर्कीस एअरलाइन्सको जहाजबाट इस्तानबुल हुँदै फ्रान्सतर्फ प्रस्थान गरेकी हुन् । उनलाई विदाई गर्न एन्फा र राखेपका कुनै पनि पदाधिकारी र प्रतिनिधि विमानस्थल पुगेका थिएनन् । सावित्राले फ्रान्सेली महिला फुटबलमा शीर्ष श्रेणीको लिग क्लब अभान्ट ग्वेन्ग्याम्पबाट व्यावसायिक फुटबल खेल्दै आएकी छिन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्