नेपाललाई विश्व बैंकको २० अर्ब ऋण, विपद् प्रभावितमा खर्चिइने

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं , १३ कात्तिक । विश्व बैंकले नेपाललाई करिब २० अर्ब (१५ करोड अमेरिकी डलर) ऋण सहयोग उपलब्ध गराउने सम्झौता भएको छ। विपद् सामनाका लागि विश्व बैंकले उपलब्ध गराउने करिब २० अर्ब रुपैयाँ ऋण सहयोग सम्बन्धमा दुई पक्षबीच एक साताअघि सम्झौता भएको हो।

‘नेपालले प्राकृतिक मौसम परिर्वतनको कारण आएको प्रभावले जटिल अवस्थाको समाना गर्न परिरहेको हालै आएको बाढीपहिरोले देखाएको छ,’ नेपालका लागि विश्व बैंकको क्षेत्रीय आवासीय निर्देशक डेभिड सिस्लिनले भने, ‘नेपाले यो ऋण सहयोग प्राकृतिक विपत्ति वा स्थास्थ्य क्षेत्रमा आकस्मिकता आउनेबित्तिकै लिन सक्नेछ।’

सहयोगले नेपाललाई संकटको समय लागि तयारीमा रहन, समाधान खोज्न र संकट आए तत्कालै उद्धार लगायतमा जुट्न सहयोग पुग्नेछ,’ अर्थसचिव रामप्रसाद घिमिरेले भने। नेपालले यस्तो ऋण आफूले चाहेको समयमा लिन सक्ने विश्व बैंकले जनाएको छ।

capitalnepal.com

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्