काठमाडौं , १३ कात्तिक । सुनको मूल्य एकैदिन १५०० रुपैयाँले बढेको छ। मंगलबार नेपाली बजारमा सुनको मूल्य १५०० रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो।
मंगलबार सुनको मूल्य तोलामा १५०० रुपैयाँले बढेर १ लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार सुन तोलामा १ लाख ६७ हजार रुपैयाँमा कारोबार भएको थियो।
मंगलबार चाँदीको मूल्य पनि तोलामा तोलामा ४० रुपैयाँले बढ्दै प्रतितोला २ हजार १०५ रुपैयाँमा कारोबार भइरहेको छ।











