शेयर बजारमा तीन दिनदेखि निरन्तर गिरावट

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, कार्तिक १२ । लगातारको तीन दिनको गिरावटपछि सेयर बजारमा सुधार आएको छ। अघिल्ला तीन कारोबार दिनमा लगातार घटेको सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार भने २७.४१ अंक अर्थात् १.०४ प्रतिशतले बढेर २६४५.३६ बिन्दुमा रोकिएको हो। 

अघिल्लो कारोबार दिन आइतबार नेप्से ९.१९ अंकले घटेर २६१७.९५ बिन्दुमा बन्द भएको थियो। त्यसअघि, गत साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से १८.२५ अंक र बुधबार २०.४१ अंकले घटेको थियो। मंगलबार भने नेप्से २५.८८ अंकले बढेको थियो। 

पछिल्लो सात कारोबार दिनदेखि नेप्से २६०० बिन्दुमा नै अड्किरहेको छ। कात्तिक १ गते बिहीबार २७८०.४५ बिन्दुमा रहेको नेप्से त्यसयताको सात कारोबार दिन नै २६०० बिन्दुमा रुमल्लिरहेको छ। २६०० बिन्दुबाट नेप्से उकालो चढ्न वा घट्न मानिरहेको छैन जसअनुसार सोमबार पनि नेप्से सोही बिन्दुमा अड्किएको हो। 

सोमबार सूचकसँगै कारोबार रकम पनि बढेको छ। आज नेप्सेमा कुल ५ अर्ब २६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिन आइतबार भने नेप्सेमा कुल ४ अर्ब ५१ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।

आइतबार कारोबारमा आएकामध्ये २१३ कम्पनीको सेयर मूल्य बढ्दा २८ कम्पनीको घटेको छ। यस्तै, २ कम्पनीको सेयर मूल्य भने स्थिर छ। 

आइतबार जानकी फाइनान्स र डोल्टी पावर कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लाग्दा रिभर फल्स पावरको सेयर मूल्य ९.५४ प्रतिशत र मच्छियाँम हाइड्रोपावरको सेयर मूल्य ९.१३ प्रतिशतले बढेको छ। सोमबार पिपुल्स हाइड्रो पावरको सेयर मूल्य सर्वाधिक अर्थात् ६.०२ प्रतिशतले घटेको छ। 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्