आज पनि सेयर बजारमा गिरावट

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, कार्तिक ११ । आज पनि सेयर बजारमा गिरावट आएको छ। साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.१९ अंकले घटेर २६१७.९५ बिन्दुमा रोकिएको हो।

अघिल्लो कारोबार दिन बिहीबार नेप्से १८.२५ अंक र बुधबार २०.४१ अंकले घटेको थियो। आइतबार सूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ। आज नेप्सेमा कुल ४ अर्ब ५१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

अघिल्लो कारोबार दिन बिहीबार भने नेप्सेमा कुल ५ अर्ब २५ करोड रुपेयाँ बराबरको कारोबार भएको थियो। यस्तै, गत साताको बुधबार भने नेप्सेमा कुल ६ अर्ब १५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।

आइतबार कारोबारमा आएका मध्ये ९२ कम्पनीको सेयर मूल्य बढ्दा १४० कम्पनीको सेयर मूल्य घटेको छ। यस्तै, ११ कम्पनीको सेयर मूल्य भने स्थिर छ। 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्