महाेत्तरी १ (क) मा राप्रपा नेपालले सत्ता गठबन्धनलाई सहयोग गर्ने

खबर बुक
  • ख-
  • ख+

महोत्तरी, २३ कात्तिक । कमल थापा नेतृत्वको राप्रपा नेपालले सत्ता गठबन्धनका साझा उम्मेदवार पिताम्बर महतोलाई सहयोग गर्ने भएको छ ।

महोत्तरी १ (क) की उम्मेदवार रङ्गीता कर्णले उम्मेदवारी निष्कृय बनाएको घोषणा गर्दै लोसपाका उम्मेदवार महतोलाई सहयोग गर्ने बताएकी हुन् ।

बुधबार आयाेजित कार्यक्रममा कर्णले प्रदेशमा जित्ने उम्मेदवार महतो नै भएको र मुद्दाहरू समेत ठिक रहेकाेले सहयोग गरेकाे बताइन् । राप्रपा नेपालबाट प्रतिनिधिसभा उम्मेदवार सन्जिवकुमार साहले भने उम्मेदवारी कायमै राखेका छन् ।

उम्मेदवारी निष्क्रिय बनाएर कर्ण  माओवादी केन्द्रमा समेत प्रवशे गरेकी छिन । उनीसँगै दुई दर्जन युवा माओवादीमा प्रवेश गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्