दुर्लभ बन्यजन्तु सालकको खपेटा सहित दुई जना पक्राउ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २३ कात्तिक । काठमाडौं महानगरपालिका–२६ गोंगबु चोकबाट १० केजी ५ सय ग्राम तौल भएको दुर्लभ वन्यजन्तु सालकको खपेटा सहित २ जनालाई मंगलबार  प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा रामेछाप दोरम्बा गाउँपालिका–७ थापागाँउ घर भएका ३८ वर्षीय प्रेम बहादुर बिक र खोटाङ अर्खल गाउँपालिका–९ घर भएका २१ वर्षीय अर्जुन मगर रहेका छन् ।

उनीहरूले सालकको खपेटा बोकी हिँडिरहेको भन्ने बिशेष सूचनाको आधारमा प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उक्त तौलको सालकको खपेटा फेला पारी पक्राउ गरेको हो ।

साथै प्रेम बहादुर बिक सवार बा.५८ प ८३३७ नम्बरको मोटरसाइकल र अर्जुन मगर सवार बा.प्र ०२–०२८ प ७६७२ नम्बरको मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्