पर्यटन बोर्ड–राकुटेन भाइबर सहकार्य, पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने

खबर बुक
  • ख-
  • ख
  • ख+

१० कात्तिक, काठमाडौं ।नेपाल पर्यटन बोर्डले पर्यटन प्रवर्द्धनका लागि फ्री कलिङ तथा मेसेजिङ एप राकुटेन भाइबरसँग सम्झौता गरेको छ।

बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशी एवं व्यवसाय विकास प्रबन्धक र राकुटेन भाइबरका लागि नेपाल प्रतिनिधि क्षितु रिसालबीच सम्झौता भएको हो।

बोर्डको आधिकारिक भाइबर प्लेटफर्मः नेपालनाउबाई एनटीबीअन्तर्गत पर्यटन उद्योग, देशका पर्यटक, जनता र विश्वभरका नेपालीबीच दैनिक सञ्चार अद्यावधिकसहित पर्यटन जानकारी प्रसारका लागि सहयोगी हुने अपेक्षा गरिएको छ।

यो च्यानललाई नेपालका विभिन्न भागमा रहेका पर्यटकीय गन्तव्य, नयाँ उत्पादन, प्याकेज, गतिविधि र अनुभवका बारेमा नवीनतम समाचार र अपडेट आदान–प्रदानमा पनि प्रयोग गरिनेछ। साझेदारी अवधिमा पर्यटन प्रवर्द्धन अभियान र स्टिकर प्याक पनि सञ्चालन गरिने बोर्डले जनाएको छ।

बोर्डका कार्यकारी प्रमुख जोशीले भाइबरसँगको सहकायले नेपालको पर्यटन प्रवर्द्धन हुने विश्वास व्यक्त गरे। एपीएसी, राकुटेन भाइबरका वरिष्ठ निर्देशक डेभिड चेले राकुटेन भाइबरले केही वर्षदेखि नेपालको पर्यटन उद्योगलाई सहयोग गर्दै आएको बताए। 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्