बराबरीमा रोकियो म्यानचेस्टर युनाइटेड

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौँ ,कात्तिक ९ । म्यानचेस्टर युनाइटेडले युइएफए च्याम्पियन्स लिग अन्तर्गतको खेलमा टर्कीको क्लब फेनेरबाहससँग बराबरी खेलेको छ ।

गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड र फेनेरबाहसले १-१ गोलको बराबरी खेलेका हुन् ।

म्यानचेस्टर युनाइटेडका लागि क्रिस्टियन एरिक्सनले खेलको १५औ मिनेटमा शुरुवाती गोल गरेका थिए भने फेनेरबाहसका लागि योउसेफ एन नेसयरीले खेलको ४९औ मिनेटमा बराबरी गोल गरेका थिए ।

युरोपा लिगमा म्यानचेस्टर युनाईटेडको यो तेस्रो बराबरी हो । ३ खेलमा ३ बराबरीसहित ३ अंक हासिल गरेर युनाइटेड लिगमा २१औं स्थानमा रहेको छ ।

त्यसैगरी फेनेरबाहसको ३ खेलमा ५ अंक भएको छ र लिगमा १४औं स्थानमा छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्