काठमाडौं, कार्तिक ८ । साफ वुमन्स च्याम्पियनसीपमा श्रीलंकालाई हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा नेपालले श्रीलंकामाथि शानदार जित निकालेको हो । यससँगै नेपाल समूह विजेता बनेको छ ।
काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले श्रीलंकालाई ६–० ले हराएको हो ।











