७ कात्तिक, काठमाडौं ।२० वाणिज्य बैंकहरुले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन्। असोजसम्म बैंकहरुले १६ अर्ब २३ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको विवरण सार्वजनिक गरेका हुन्।
विवरणअनुसार बैंकहरुको खुद नाफा गत वर्षको यसै अवधिको तुलनामा २१.६३ प्रतिशतले बढेको छ। गत वर्ष यस्तो नाफा १३ अर्ब ३४ करोड थियो।
२० मध्ये सबैभन्दा बढी नबिल बैंकले तीन महिनामा २ अर्ब ५ करोड रुपैयाँ खुदा नाफा आर्जन गरेको छ। ग्लोबल आइएमई बैंकले १ अर्ब ५१ करोड, नेपाल इन्भेष्टमेन्ट मेगाले १ अर्ब ४६ करोड, प्राइम कमर्सियलले १ अर्ब २८ करोड, एनएमबीले १ अर्ब १४ करोड, एभरेष्टले १ अर्ब १२ करोड, कुमारीले १ अर्ब ७ करोड र प्रभुले १ अर्ब ४ करोड रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरणमा उल्लेख छ।
यो अवधिमा सबैभन्दा कम एनआइसी एसिया बैंकले ११ करोड रुपैयाँ मात्र नाफा आर्जन गरेको छ।
यसैगरी माछापुच्छ्रे बैंकले ५० करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गर्दा स्ट्यान्डर्ड चार्टर्डले ३ अर्ब २३ करोड नाफा आर्जन गरेको छ।
यस्ताे छ, बैंकहरूकाे नाफा











