२ दिनको गिरावटपछि नेप्सेमा सुधार

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, कार्तिक ६ । दुई दिनको उच्च गिरावटपछि मंगलबार सेयर बजार उकालो लागेको छ। साताको कारोबारको तेस्रो दिन मंगलबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५.८८ अंकले बढ्दै २६६५.८१ बिन्दुमा पुगेको छ। 

अघिल्लो कारोबार दिन सोमबार नेप्से ५७.९९ अंकले घटेर २६३९.९२ बिन्दुमा सीमित भएको थियो भने आइतबार पनि नेप्से ४७.४४ अंकले घटेर २६९७.९१ बिन्दुमा रोकिएको थियो। यसअघिका चार कारोबार दिनमा भने नेप्से लगातार उकालो लागेको थियो। 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्