एभर्टन बाहिरियो

न्युज कारखाना
  • ख-
  • ख+

काठमाडौं, २३ कात्तिक ।।बर्नमाउथसँग ४ १ ले पराजित भएसँगै फ्रयांक लाम्पार्डको टोली एभर्टन मंगलबार राति इङलिस लिग कपबाट बाहिरिएको छ ।

बर्नमाउथको जितमा जमाल लोवी,जुनियर स्टानिलस, इमिलियानो मार्कोन्डेस र जियाडन एन्थोनीले समान एक गोल गरे । एभर्टनका लागि डिमराई ग्रेले सान्त्वना गोल गरे ।

जितसँगै बर्नमाउथ चौथो चरणमा स्थान बनाएको हो । बर्नमाउथ इङलिस प्रिमियर लिगको लगातार चार खेलमा पराजित भएको थियो । यससँगै बर्नमाउथले पाँचौ खेलमा आएर हारको शृंखलामाथि समेत पूर्णविराम लगाएको छ ।

पछिल्लो खेलमा प्रिमियर लिगमा लेस्टर सिटीविरुद्ध पराजित भएपछि लाम्पार्डले मंगलबार बर्नमाउथविरुद्ध ११ खेलाडी परिवर्तन गर्दै टोली मैदानमा उतारेका थिए ।

लिग कपअन्तर्गत मंगलबार सम्पन्न अन्य खेलमा लेस्टर सिटीले न्युपोर्ट काउन्टीलाई ३ ० ले हरायो भने बनर्लीले क्रले टाउनलाई ३ १ ले निराश पार्यो ।

त्यस्तै जेलिनघमले ब्रन्टफोर्डलाई पेनाल्टी सुटआउटमा ६ ५ ले हरायो भने लिङकन सिटीले ब्रिस्टोल सिटीलाई ३ १ ले पराजित गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्