अमेरिकाद्धारा नेपाल सामु १५७ रनको लक्ष्य प्रश्तुत

खबर बुक
  • ख-
  • ख
  • ख+

५ कात्तिक, काठमाडौं ।अमेरिकाले नेपाललाई १५७ रनको लक्ष्य दिएको छ । जारी टी-२० सिरिजको तेस्रो खेलमा अमेरिकाले नेपाललाई १५७ रनको लक्ष्य दिएको हो ।

टस जितेर पहिला ब्याटिंग गरेको अमेरिकाले २० ओभरमा ५ विकेट गुमाउदै १५६ रन बनाएको हो ।

अमेरिकाका लागि साइतेजा मुकर्मल्लाले सर्बाधिक ६८ रन बनाएका थिए भने मिलिंद कुमारले ४३ रन बनाएका थिए । त्यस्तै नेपाली बलर सोमपाल कामीले ३ विकेट लिएका थिए भने रिजन ढकाल र ललित राजबंशीले एक एक विकेट लिएका थिए ।

सिरिजमा नेपालले यस अघि नै लगातार २ खेल जितेर सिरिज जितिसकेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्