४ दिन बढेपछि नेप्सेमा ४७ अंकको गिरावट

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, कार्तिक ४ । लगातार चार कारोबार दिन बढेको बजार उच्च अंकले घटेको छ। साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४७.४४ अंक अर्थात् १.७२ प्रतिशतले घटेर २६९७.९१ बिन्दुमा बन्द भएको हो। यसअघिका चार कारोबार दिनमा भने नेप्से लगातार बढेको थियो।

दसैं बिदाअघिको अन्तिम कारोबार दिन असोज २३ गते ४.८५ अंकले बढ्दै नेप्से २६६८.१७ बिन्दुमा रोकिएको थियो। यसपछि, पाँच दिन बन्द भएर खुलेको बजार दसैंपछिको तीन कारोबार दिनमा तीनै दिन उकालो लागेर ७७.१९ अंकको वृद्धिका साथ गत साताको बिहीबार २७४५.३६ बिन्दुमा रोकिएको थियो। तर, आइतबार भने नेप्से पुन २७०० बिन्दु तल झरेको हो।

आइतबार सूचक घटेपनि कारोबार रकम भने बढेको छ। आज नेप्सेमा कुल ७ अर्ब ८६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिन बिहीबार भने नेप्सेमा कुल ६ अर्ब ८८ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्