“उत्तर कोरियाले रुसलाई हतियार पठाएको छैन “

खबर बुक
  • ख-
  • ख+

प्योङयाङ–उत्तर कोरियाले युक्रेनमा युद्धका लागि रुसलाई गोप्य रूपमा हतियार पठाएको अमेरिकी दाबीलाई खारेज गर्दै उसले मस्कोलाई कहिल्यै हतियार नबेचेको र बेच्ने योजना पनि नभएको बताएको छ ।

गत साता ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले कोरियाले रुसलाई महत्वपूर्ण संख्यामा हतियार उपलब्ध गराएको दाबी गरेका थिए ।
उत्तर कोरियाले मध्यपूर्व र उत्तर अफ्रिकी देशमार्फत ढुुवानीलाई गर्न खोजेको र वाशिंगटनले ढुवानीहरू प्राप्त भएको छ कि छैन भनेर निगरानी गरिरहेको बताएका थिए ।

अमेरिकाले उत्तर कोरियाले मस्कोमा हतियार पठाउन खोजेको बताइरहेका बेला आधिकारिक कोरियाली केन्द्रीय समाचार एजेन्सी केसीएनएले त्यसको खन्डन गरेको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्