टिकट बुक भइसकेको अवस्थामा किन प्लेनबाट पोखरा जान मानेनन् रवि लामिछाने?

खबर बुक
  • ख-
  • ख
  • ख+

३ कात्तिक, काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई प्रहरीले गाडीबाटै पोखरा लगेसँगै जहाजमा किन लगिएन भन्ने विषयको चर्चा सुरु भएको छ।

लामिछाने जस्तै मुद्धामा पक्राउ परेका छविलाल जोशीलाई प्रहरीले बुद्ध एयरको जहाज मार्फत पोखरा लगेको थियो। तर, लामिछानेलाई भने शुक्रबार साझ काठमाडौंमा पक्राउ गरि गाडीमार्फत नै पोखरा लगेपछि चर्चा सुरु भएको हो।

श्रोतका अनुसार प्रहरीले लामिछानेलाई पनि जहाजमार्फत नै पोखरा लैजानका लागि टिकट काटिसकेका थिए। तर, लामिछानेले आफु जहाजमा नजाने र गाडी मार्फतनै जाने अडान राखेका थिए।

बुद्ध एयर श्रोतका अनुसार लामिछानेकै नाममा टिकट भने काटिएको छैन। अन्यको नाममा टिकट काटेको हुन सक्छ, बुद्ध एयर श्रोतले भने। जहाज मार्फत जादा आफ्ना नेता तथा कार्यकर्ताहरु धेरै लैजान नमिल्ने भएको कारणले पनि शक्ति प्रर्दशनका लागि सडक मार्ग रोजेको विश्लेषण सुरु भएको छ।

अहिले लामिछानेसँगै रास्वपाका पदाधिकारीहरु र कार्यकर्ताहरु आफ्नो गाडी मार्फत पोखरामा हिडेका छन्। पोखरामा पनि ठूलो संख्यामा कार्यकर्ता उतार्ने योजना रास्वपाको छ। सम्भवत राजमार्ग तिरपनि आफ्नो शक्ति प्रदर्शनका लागि कार्यकर्ताहरु उतार्ने योजनाको साथ जहाज मार्फत नगई गाडी रोजेको हुन सक्ने प्रहरी श्रोतको भनाइ छ। प्रहरीले लामिछाने पक्राउपछि पोखरा सहित राजमार्ग क्षेत्रको सुरक्षा व्यवस्था कडा गरेको छ।

पोखराको सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा उनी पक्राउ परेका हुन्। यसअघि यही सहकारीको ठगीसम्बन्धी मुद्दामा सहकारीका केही सञ्चालक तथा कर्मचारी पक्राउ परी पुर्पक्षका लागि थुनामा गएका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्