काठमाडौं, कार्तिक १ । नेपाली बजारमा सुन मूल्यले दैनिक रेकर्ड ब्रेक गरिरहेको छ।
आज छापावाल सुनको मूल्य प्रतितोलामा ६०० रुपैयाँले वृद्धि भएर १ लाख ६२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार छापावाला सुन असोज ३० मा १ लाख ६१ हजार ८०० मा कारोबार भएकामा आज ६०० रुपैयाँले बढेको हो।
यस्तै, चाँदीको मूल्य आज स्थिर रहेको छ। चाँदी प्रतितोला १ हजार ९५० मा कारोबार भइरहेको हो।











