नेपाल वायुसेवा निगमद्वारा हालसम्म ६ अर्ब ऋण भुक्तानी, असोजको दुई किस्ता पनि तिर्‍यो

खबर बुक
  • ख-
  • ख
  • ख+

 १ कात्तिक, काठमाडौं । सरकारी स्वामित्वको नेपाल वायुसेवा निगम (नेवानि)ले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्वमध्ये दुई न्यारोबडी जहाजको असोजको किस्ताबापत पूरै र दुई वाइडबडी जहाजको आंशिक किस्ताबापतको रकम तिरेको छ।

नेवानिले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेका दुई न्यारोबडी र दुई वाइडबडी जहाजको लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्वमध्ये २०८१ असोज ३० सम्म ५३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरेको हो। 

हालको नेतृत्वले व्यवस्थापन सम्हालेपछि निगमले २०८१ असोजसम्मको अवधिमा ६ अर्ब ३२ करोड ८५ लाख ९७ हजार ५३३ रुपैयाँ किस्ता रकम भुक्तानी गरेको छ। 

कोरोनाका कारण निगमको व्यापारमा समेत प्रतिकूल असर परेकोले त्यतिबेलाको ब्याज, ब्याजको ब्याज, हर्जाना र पेनल छुट गरी सहयोग गरिदिन एवं किस्ताको संख्या वृद्धि गरेर ऋण दायित्व भुक्तानीलाइ सहजीकरण गरिदिनसमेत निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई अनुरोध पत्र पठाएको छ।

पत्र पठाएपछि यस सन्दर्भमा दुवै संस्थासँग छलफल भइरहेको निगमले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्