दसैं लगत्तै आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढायो

खबर बुक
  • ख-
  • ख
  • ख+

३० असोज,काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। ३० गते बिहानदेखि लागू हुने गरी निगमले पेट्रोलमा १ र डिजेल÷मट्टितेलमा ४ रुपैयाँले बढाएको हो।

योसँगै काठमाडौंमा पेट्रोल प्रतिलिटर १५९ र डिजेल÷मट्टितेल १५१ रुपैयाँ पुगेको छ। निगमले एलपी ग्याँस र हवाई इन्धनको मूल्य भने यथावत राखेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्