भदौमा महँगी घट्यो

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, असाेज २९ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार मुद्रास्फीतिदर (महँगी) घटेको छ । 

आर्थिक वर्ष २०८१/०८२ को साउन महिनामा ४.१० प्रतिशत रहेको महँगी भदौ महिनामा ३.८५ झरेको हो । अघिल्लो वर्षको सोही अवधिमा मुद्रास्फीतिदर ८.१९ रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । 

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.०३ र गरै खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.१९ प्रतिशत रहेको छ ।  

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्