एनईएले समयमै प्रशारण लाइन नबनाइदिँदा खेर गयो ३३९ मेवा बिजुली, दैनिक ८० लाख नोक्सान

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, असाेज २९ । प्रशारण लाइन निर्माणको एकाधिकार पाएको नेपाल विद्युत् प्राधिकरणले (एनईए)ले प्रशारण लाइन नबनाइदिँदा ३३९ मेगावाट बिजुली खेर गइरहेको छ। 

प्राधिकरणले प्रशारण लाइन निर्माणमा भन्दा अन्यत्र बढी ध्यान दिँदा ठूलो परिमाणमा बिजुली खेर गइरहेको र त्यसले राष्ट्रिय अर्थतन्त्रमा क्षति पुगिरहेको उर्जा उत्पादकहरुले बताएका छन्। 

उनीहरुका अनुसार, अहिले ३३९ मेगावाट बिजुली खेर गइरहेको छ। यसरी बिजुली खेर जाँदा अर्थतन्त्रमा दैनिक ८० लाख रुपैयाँ नोक्सान भइरहेको स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान)ले जनाएको छ। कहिलेसम्म खेर गइरहने हो त्यो पनि टुंगो नभएको इप्पानको भनाइ छ।

इप्पानका अनुसार ३३ वटा आयोजनाको बिजुली प्राधिकरणले प्रशारण लाइन नबनाइदिँदा खेर गएको हो। गत वर्ष २० वटा आयोजनाको २ अर्ब ८३ करोड ५३ लाख रुपैयाँ बराबरको बिजुली खेर गएको थियो। चालू वर्ष अझ बढ्ने उनीहरुको अनुमान छ। 
विजुली खेर जाने दर हरेक वर्ष बढ्दै गइरहेको छ। इप्पानमा अनुसार अघिल्लो आर्थिक वर्ष १ अर्ब ६३ करोड ९८ लाख रुपैयाँ बराबरको बिजुली खेर गएको इप्पानले बताएको छ । 

सुक्खायाममा २० प्रतिशतमा खुम्चिएको उत्पादन वर्षायाम लागेसँगै पूर्ण क्षमतामा सञ्चालन गर्न सकिन्थ्यो । तर ‘कन्टेन्जेन्सी’ मा रहेका आयोजनाहरूले पूर्ण क्षमतामा सञ्चालन गर्न नपाइने हुँदा बिजुली खेर जाने गरेको प्रवद्र्धकले बताए। 
 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्