दसै लगत्तै बढ्याे सुनकाे मूल्य

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडाै, असाेज २९ । लगातार ४ दिन घटेको सुनको भाउ दसै लगत्तै भने बढेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार छापावाल सुन प्रतितोला १४ सय रुपैयाँले बढेर १ लाख ६० हजार ५०० रुपैयाँ कायम भएको छ । यसअघि असोज २३ गते सुनको भाउ १ लाख ५९ हजार १०० रुपैयाँ कायम रहेको थियो । 

दसैंअघि असोज २०, २१, २२ र २३ गते भने सुनको भाउ क्रमशः प्रतितोला ३००, ५००, ४०० र १ हजार रुपैयाँले घटेको थियो । त्यसपछि असोज २४ गतेबाट ५ दिन अर्थात् असोज २८ गतेसम्म भने विदाको कारण सुन–चाँदीको कारोबार भएको थिएन । 

आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले बढेर १९ सय २५ रुपैयाँ कायम भएको छ । यसअघि असोज २३ गते चाँदीको भाउ प्रतितोला १९ सय रुपैयाँ कायम रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्