एनपीएलको टोली सुदूरपश्चिम रोयल्सको मेन्टरमा अस्ट्रेलियाका पूर्व क्रिकेटर ब्राड हज नियुक्त

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं , २८ असोज ।  नेपाल प्रिमियर लिग एनपीएलको टोली सुदूरपश्चिम रोयल्सले अस्ट्रेलियाका पूर्व क्रिकेटर ब्राड हजलाई आफ्नो प्रमुख मेन्टरमा नियुक्त गरेको छ ।

अस्ट्रेलियाका लागि सन् २००७ को विश्व कप विजेता टोलीमा रहेका हजको आगमनले सुदूरपश्चिम रोयल्सले एनपीएलमा उच्च प्रदर्शन गर्ने अपेक्षा गरिएको जनाएको छ । हजले कोलकाता नाइट राइडर्सबाट इन्डियन प्रिमियर लिग (आइपीएल) समेत खलेका छन् ।

हजको आगमनलाई लिएर टोली उत्साहित रहेको सुदूरपश्चिम रोयल्सका मालिक स्वतन्त्रप्रताप शाहले बताउनुभएको छ । दीपेन्द्र सिंह ऐरी मार्की खेलाडी रहेको सुदूरपश्चिम रोयल्सको मुख्य प्रशिक्षकमा जगत टमाटा रहेका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा आउँदो मङ्सिर १६ गतेदेखि एनपीएल शुरु हुँदैछ ।
 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्