२५ असोज, काठमाडौं। नेपालले चालु आर्थिक वर्ष २०८१/०८२को पहिलो दुई महिनामा भारतमा सात अर्ब ५४ करोड ६१ लाख रूपैयाँको विद्युत निर्यात गरेको छ। नेपाल विद्युत प्राधिकरणले साउन र भदौमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षा यामको एक अर्ब दुई करोड ९२ लाख युनिट विद्युत् भारततर्फ निर्यात गरेको छ।
प्राधिकरणले साउनमा तीन अर्ब ९९ करोड ५६ लाख रुपैयाँको विद्युत् निर्यात गरेको छ। भदौमा तीन अर्ब ५५ करोड पाँच लाख रूपैयाँको विद्युत निर्यात गरेको थियो। साउनमा ४९ करोड २८ लाख ६१ हजार युनिट भारतर्फ निर्यात गरिएको थियो।
भदौमा ५३ करोड ६२ लाख ९४ हजार युनिट विद्युत निर्यात गरिएको हो। दुई महिनाको विद्युत निर्यातको औसत दर प्रतियुनिट सात रूपैयाँ ३३ पैसा रहेको छ। साउनको प्रति युनिट औसत दर ८ रूपैयाँ ११ पैसा थियो भने भदौमा ६ रूपैयाँ ६२ पैसा छ।
भदौको तेस्रो साता ९१६–२३ गते मा सबैभन्दा बढी ९९ करोड ५५ लाख रुपैयाँको विद्युत् निर्यात भएको छ। सबैभन्दा कम भदौको दोस्रो हप्ता ९९–१५ गते मा ६९ करोड ८ लाख रुपैयाँको विद्युत् निर्यात गरिएको छ।











