काठमाडौं, २२ कात्तिक । सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुनको मूल्य घटेकाे र चाँदीको स्थिर रहेको जनाएको छ ।
जसअनुसार छापावाल सुनको मूल्य तोलामा ९४ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा ९३ हजार ५०० रुपैयाँ छ । सोमबार यसको मूल्य तोलामा ९४ हजार ३०० र तेजाबी सुनको मूल्य ९३ हजार ८०० रुपैयाँ कायम थियो ।
यससँगै, चाँदीको मूल्य भने स्थिर छ । महासंघले चाँदीको मूल्य तोलामा १२ सय ६५ रूपैयाँ तोकिएको जनाएकाे छ ।
(यसअघिकाे समाचारमा सुनकाे मूल्य घटेकाे हुनुपर्नेमा अन्यथा हुन गएकाेमा सच्याइएकाे छ ।- सं.)