काठमाडौं, असाेज २३ । शहरी विकास मन्त्रालयअन्तर्गतका आयोजनाहरुमा २ अर्ब ८८ करोड ३४ लाख रुपैयाँ बढीको क्षति पुगेको छ।
यहि, असोज ११ र १२ गते आएको बाढीपहिरोले शहरी विकास मन्त्रालयअन्तर्गतका उक्त रकम बराबरको क्षति पुराएको मन्त्रालयकी सहसचिव एवम् प्रवक्ता विनु बज्राचार्य कुँवरले जानकारी दिइन्।











