काठमाडौं, असाेज २१ । कारोबार अवधिभर चार पटक २७०० बिन्दुमाथि पुगेको सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६९०.७२ बिन्दुमा बन्द भएको छ। साताको कारोबारको दोस्रो दिन सोमबार नेप्से ३७.१३ अंक अर्थात् १.३९ प्रतिशतले बढेर २६९०.७२ बिन्दुमा पुगेको हो।
अघिल्लो कारोबार दिन आइतबार ५६.०९ अंकले बढेर २६५३.५८ बिन्दुमा रोकिएको नेप्से सोमबार सुरुवातीदेखि नै उकालो लागेको थियो। ११ बजेर २९ मिनेटमा २७०१ बिन्दुमा पुगेको नेप्से ११ बजेर ५२ मिनेटमा २७०२,१ बजेर ५५ मिनेटमा २७०६.९४ र २ बजेर २२ मिनेटमा २७०४ बिन्दुमा चढेको थियो। त्यसपछि भने सूचक केही मात्रामा घटेर २६९०.७२ बिन्दुमा बन्द भएको हो।











