सुनचाँदीको मूल्य बढ्यो

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, असाेज १७ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेर कारोबार भएको छ ।

बिहीबार छापावाल सुन प्रतितोला १०० रुपैयाँ बढेर एक लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ बढेर एक हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला एक हजार ९३५ रुपैयाँमा कारोबार भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्