११४ अङ्कले बढ्यो नेप्से, ७ अर्ब ६१ करोडको कारोबार

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौँ , असाेज १५। नेप्सेमा आज ११४ अङ्कको वृद्धि भएको छ । मंगलबार नेप्से ११४.७० अङ्कले बढेर २६२३.५६ विन्दुमा रोकिएको हो ।

आज ३०७ कम्पनिको कारोबार हुदा एक करोड ७५ लाख ७ हजार ५५५ कित्ता शेयर ७ अर्ब ६१ करोड ६५ लाख २२ हजार २५८ को खरिद बिक्री भएको छ ।

नेप्सेका अनुसार आज १८ कम्पनिको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । 

त्यसैगरी आज एनएलजी इन्सुरेन्सको सबै भन्दा बढी २८  करोड ८२ लाख ८३ हजारको शेयर कारोबार भएको छ । त्यस्तै आज अपि पावरको सबै भन्दा बढी ६ लाख १२ हजार ४०१ कित्ता शेयर कारोबार भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्